नेबिसंघले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई बुझायो ज्ञापनपत्र



नेबिसंघ काभ्रेले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाली भुमिमा भारतले सडक बनाएको बिरोधमा नेबिसंघले हिजो गरेको प्रदर्शनअका क्रममा सरकारले गरेको धरपकडको बिरोधमा नेबिसंघले ज्ञपनपत्र बिझाएको हो ।

प्रमुख जिल्ला अधिकारी मार्फत सरकार लाई ज्ञापनपत्र बुझाउने क्रममा ने बि संघ काभ्रे,सभापति नृपेश वादे निवर्तमान केन्द्रीय सदस्य भोला नेपाल जिल्ला कोषाध्यक्ष रविन गौतम जिल्ला सदस्य अाषिश शर्मा, ,काभ्रे बहुमुखी कलेज स्वयू सभापति, युगेश्वर कायस्थ , मंगलजनविजय बहुमुखी कलेज भिम श्रेष्ठ, क्षेत्रीय सभापति विद्यासागर लामा , उप सभापति सुजन के सि , नेविसंघका नेताहरु भूषण अधिकारी मुक्ति ढकाल लगायत उपस्थित थिए ।

नेबिसंघ केन्द्रिय समितिले सबै जिल्ला हरुलाई दिएको निर्देशन अनुसार आज देशै भरिका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको नेविसंघका नेताहरुले बताएका छन ।

प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार  ८ : २४ बजे