नेपालको भुमि लिपुलेकमा भारतले अतिक्रमण गरेर एकतर्फी रुपमा सडक निर्माण गरेको भन्दै देश भरी विरोध भईरहेका वेला डडेलधुरामा पनि मंगलवार नेविसंघ डडेल्धुराले प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । नेविसंघ डडेलधुराका नेता जगत ऐरको नेतृत्वमा जिल्ला सदरमुकाम वागवजारमा ओली र मोदीको पुत्ला दहन गरेका हुन् ।
नेपालीको भुमि लिपुलेक हुँदै मानसरोवर सम्म जाने भारतले सडक वनाएको भन्दै नेविसंघ डडेल्धुराले मोदीका साथै प्रधानमन्त्री ओलीका विरुद्धमा नारावाजी समेत गरेका थिए । प्रहरीको अवरोधका विचमा पनि नेविसंघ डडेल्धुराले प्रधानमन्त्री ओली र मोदीको पुत्ला दहन गरेका हुन् । हाम्रो भुमि फिर्ता गर,नरेन्द्र मोदी मुर्दावाद, कालापानी,लिपुलेक हाम्रो हो भन्ने जस्ता नारा लगाएको थिए ।
यसैगरी नेपालीको भुमिमा भारतले सडक वनाउँदा सम्म पनि नेपाल सरकारले सडक निर्माण प्रक्रियालाई रोक्नका लागि कुनै पहल नगरेको भन्दै प्रधानमन्त्री ओलीका विरुद्धमा समेत नारावाजी गरेका थिए ।
भारतले अतिक्रमण गरेको भुमि फिर्ता गर्न माँग गर्दा नेपाल सरकारले गरेको धरपकड तत्काल रोक्न नेविसंघका नेता जगत ऐरले माँग गर्नु भएको थियो । राष्टलाई वचाउँनका लागि सम्पुर्ण आम जनसमुदायले एक जुट हुनु पर्ने समय आएको समेत नेविसंघ नेता ऐरले धारणा राख्नु भएको थियो । भारतले एक लौटी रुपमा लिपुलेकमा सडक निर्माण गरेको उदघाटन गरेपश्चात नेविसंघ डडेल्धुराले विरोका कार्यक्रम गर्दै आईरहेको छ ।










