आफ्नै बुबाको कर्तब्य गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले २ दाजुभाईलाई पक्राउ गरेको छ ।
आफ्नै घर भित्र खाल्डोमा मृत फेला परेका मोरङको बिराटनगर महानगरपालिका-१४ झटियाहीका ६९ बर्षीय सत्यराम भनिने सिताराम चौहानको निजकै छोराहरु २९ बर्षीय रोहित चौहान र २६ बर्षीय नागेन्द्र चौहानले कर्तब्य गरी हत्या गरेको आशंकामा पक्राउ गरिएको प्रहरिले जनाएको छ ।
पक्राउ परेका दुबै जनाले यही जेष्ठ ३ गते राती आफ्नै बृद्ध बुबालाई घरायशी कुरामा बादबिबाद हुँदा रिशको आवेगमा कोदालोले टाउकोमा प्रहार गरी हत्या गरेको र बुबा सुत्ने खाट मुनी खाल्डो खनेर शव गाडेको अनुसन्धानको क्रममा खुल्न आएको प्रदेश १ प्रहरी कार्यलय बिराटनगरले जनाएको छ ।
पक्राउ परेका दुबैलाई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कोदालो प्रहार गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा दुई जना पक्राउhttps://t.co/HiUa3N7Ghc
— Nepal Police (@NepalPoliceHQ) May 22, 2020














