साना सिचाई योजनाको अनुगमन



डडेल्धुरा सहित डोटीमा निर्माण भएका साना सिचाई योजनाको अनुगमन गर्न शुरु गरिएको छ । यसैक्रममा डोटीको सिखर नगरपालीका र वड्डीकेदार गाउँपालिकामा निर्माण भएका साना सिचाई योजनाको अनसगमन गरिएको छ ।
सुदुरपश्चिम प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत कृषि ज्ञान केन्द्र डडेलधुराको लगानीमा निर्माण गरिएका साना सिचाईको अनुगमन गरिएको कृषि ज्ञान केन्द्र डडेलधुराका प्रमुख दिलवहादुर विष्टले वताउँनु भयो ।

आर्थीक वर्ष २०७६,०७७ मा निर्माण भएका साना सिचाईले यि दुईवटै स्थानिय तहमा पाँच वटा साना सिचाई योजना निर्माण गरिएका छन् । ४ लाख देखी १० लाख रुपैयाँ वरावरको लागतमा निर्माण भएका साना सिचाई वाट सयौ घर परिवारको खेती योग्य जमिन सिन्चीत हुने भएको छ ।

पानीको स्रोत हुँदा हुँदै पनि पक्की कुलो नहुँदा सिचाइृ गर्न वाट वञ्चीत भएका स्थानियहरुले अव सहज रुपमा सिचाई गर्न पाउँने ज्ञान केन्द्र द्धारा निर्माण गरिएका साना सिचाईको योजना निर्माणका लागि परामर्शदाताको काम गरिरहेको आइडीया ईन्फाइस्टक्चर प्रालिका प्रवन्धक निर्देशक सन्तोष भटट्ले वताउँनु भयो । लागत अनुसार काम हुनुको साथै गुणस्तर र समय भित्र काम सम्पन्न भएको समेत भटट्ले वताउँनुभ भयो । परामर्श दाता छनोट गरेपछि अन्य वर्षमा समयमा काम सम्पन्न नहुनुका साथै गुणस्तर र लागत अनुसार काम नहुँने समयमा यो वर्ष भने अन्त्य भएको छ ।साना सिचाई योजना इष्टमेट अनुसार निर्माण गरिएको अनुगमनका क्रममा पाइएको अनुगमन गर्न गएका कृषि ज्ञानकेन्द्रका कृषि प्रसार अधिकृत मदनराज जोशीले वताउँनु भयो ।

सिचाईको व्यवस्था नभएका स्थानमा साना सिचाई प्रभावकारी वन्दै गईरहेको छ ।स्थानिय वासीन्दाले वनाएका कञ्च्ची कुलोलाई नै पक्की वनाएर सिचाई गर्दा पानी खेर नजाने भएकाले मुहानमा थोरै पानी भएपनि सिचाई गर्नका लागि सहज भएको सिखर नगरपालीका ५ धामी गाउँको प्रगतिसिल कृषक समुहका सदस्य योगेन्द्र वोहरा ले वताउँनु भयो ।

‘पहिला कुलो भएपनि दिनभर लगाएर उक जनाको खेतमा पनि रोपाई हुन सक्थेन ,तर अव पक्की कुलो वने संगै सहज रुपमा गाउँमा वढी खेतमा सिचाई गर्न सक्छौ।,उनले भने ।‘अव खाध्यान्न वालीका साथै तरकारी र फलफूल खेती गर्नका लागि आफुहरुलाई सहज भएको छ ।’साना सिचाईमा थोरे वजेट विनियोजन हुने भएकाले उक वर्षकाले मात्रै नभई आवश्यकता हेरी प्रत्येक वर्ष वजेट विनियोजन गरिदिन सिखर नगरपालीका ५ का धामी गाउका स्थानिय वासीन्दाले आग्रह समेत गर्नु भएको छ ।

प्रकाशित मिति : जेष्ठ २५, २०७७ आईतबार  ८ : २५ बजे