डडेल्धुरामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु



डडेल्धुरामा भएको ट्रक दुर्घटनामा परि ट्रकका चालकको मृत्यु भएको छ । के आई सिह राजमार्ग अन्र्तगत अमरगढी नगरपालिका १० राईमा ट्रक दुर्घटना ट्रक चालकको मृत्यु भएको हो ।

दुर्घटनामा परी बैतडीको पाटन नगरपालिका ८ खोड्पे जुगेपानी बस्ने ४८ बर्षीय जयदेव बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहर िनायव उपरिक्षक दधिराम न्यौपानेले वताउँनु भयो । कपिलबस्तुबाट सिमेन्ट बोकेर बाजुरा जादै गरेको ना ५ ख २२४६ नम्बरको ट्रक शनिवार राती दुर्घटना भएको प्रहरीको अनुमान छ ।

आईतवार विहान १० बजे गोठाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।ट्रकका मालिक तथा चालक आफुनै रहेको बताईएको छ । ट्रक सडकबाट १५ मिटर तल खोलामा खसेको प्रहरीले वताएको बताए । दुर्घटनाको कारण ब्रेक फेल भएको प्रहरीले अनुमान गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ २६, २०७७ सोमबार  १० : ४६ बजे