असार २,सोलुखुम्बु
नेपाली कांग्रेस सुलुखुम्बुका नेता एबम समाजसेवी प्रकाश सिंह कार्किले नेपाली कांग्रेस सोलुखुम्बुका नेताहरुलाई प्रहरी प्रशासनको बलमा झुठा मुद्दा लगाइएको भन्दै आपत्ती प्रकट गरेका छन ।कार्किले पक्राउ गरिएका नेताहरुलाई तत्काल बिनासर्त रिहाइको पनि माग गरेका छन ।
नेपाली काङ्ग्रेसबाट निर्बाचित सोलु दुधकुण्ड नगरपालिका सोलुखुम्बुका प्रबक्ता शारदा माया तामाङ माथी अपशब्द प्रयोग गर्दै हातपात गरिएको र प्रहरी प्रशासनको मिलेमतोमा नियोजित रुपमा झुठा मुद्दा लगाउने प्रयास गरिएको घटना लगत्तै फेरी पनि प्रशासनको मिलेमतोमा धरपकड गर्ने कार्य स्विकार्य नहुने कार्किले उल्लेख गरेका छन ।
जिल्लाको लिखुपिके गाउपालिकामा विकास निर्माण एवं उपभोक्ता समिति गठनका बिषयमा उक्त गाउपालिकाका अध्यक्षसग छलफलका लागी गएको नेपाली कांग्रेसको टोलिले आफुमाथी हातपात गरेको झुठो आरोप लगाई गाउपालिकाका अध्यक्षले प्रहरी प्रशासनसंगको मिलेमतोमा नक्कली उजुरी गराएको भरमा स्वतन्त्र विद्यार्थी युनियन शङ्करदेव क्याम्पसका पुर्ब सभापति शुभराम बस्नेत ,नेपाली काङ्ग्रेस सोलुखुम्बु काठमाडौ सम्पर्क समितीका सचिब सरोज बस्नेत र नेपाली काङ्ग्रेसका नेता उत्तम खड्का लगायतका नेताहरुलाई पक्राउ गरिएकोप्रती नेता कार्किले आपत्ती जनाउदै उनिहरुको बिनाशर्त तत्काल रिहाइको माग समेत गरेका हुन ।
छलफल गर्न गएको टोलिले छलफलका क्रममा सोधेका प्रश्नको उत्तर दिनुको सट्टा प्रहरी प्रशासन सगको मिलेमतोमा नियोजित र षड्यन्त्रमुलक ढङ्गले गरेको धरपकडले कम्युनिस्ट सरकारले लोकतान्त्रिक ब्यबस्था माथीनै धावा बोलेको अनुभुती गराएको नेता कार्किले उल्लेख गरेका छन ।गाउपालिका र निर्बाचित जनप्रतिनिधि सबैको साझा हुनुपर्छ भन्ने मान्यता बिपरित जनप्रतिनिधिहरुले गाउपालिकालाई आफ्नो पार्टी र पार्टी कार्यकर्ताको एकलौटी बनाउनु गलत भएकोमा पनि नेता कार्किले जोड दिएका छन ।
जनप्रतिनिधि सहित स्थानीय तह सञ्चालनमा आइसक्दा पनि उपभोक्ता समितिहरुमा आफ्ना कार्यकर्तालाइ राखी काम गराउने र बिकाश बजेटको दुरुपयोग गर्ने शैली परिवर्तन नभएको बताउदै कार्किले बिकाश निर्माणको बारेमा उजुरी लिएर जादा छलफलको लागि बोलाइएका काङ्ग्रेस नेता माथी धरपकड गरि नियोजित रुपमा फसाउने कुचेस्टा गरेकोप्रती नेपाली काङ्ग्रेसको गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरेका छन ।
उक्त घटनालाई लिएर नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती सोलुखुम्बुले पनि बिज्ञप्ती जारी गरेर बिरोध जनाउदै गलत ढङ्गले पक्राउ गरिएका नेताहरुको तत्काल रिहाइको माग गरेको छ ।










