नेपाली राजनितीका समाजवादि चिन्तक स्वर्गीय एन.डि. प्रकास चटाैतको सम्मानमा सञ्चालित एन.डी. प्रकाश चटौत आपतकालिन भोजन चुलो मार्फत सेवा दलले लकडाउनको समयमा झण्डै साढे नौ हजार लाई निःशुल्क खाना खुवाएको छ ।
डडेल्धुरा काँग्रेस जिल्ला सभापति एवं प्रदेश सांसद कर्ण मल्लको अगुवाइमा लकडाउनका बेला समस्यामा परेका लाई खाना खुवाउन डडेल्धुरा सदरमुकाममा आपतकालिन भोजन चुलो सञ्चालन गरिएको थियो । अभियानको अबधिभर ९,४८१ जना लाई खाना खुवाईएको कांग्रेस डडेल्धुराका उपसभापति करुणाकार भट्टले बताए ।
नेपाली कांग्रेस डडेल्धुराको अगुवाईमा पार्टी कार्यालय,किसुनजि भवन बागबजारमा सञ्चालन गरिएको आपतकालिन भोजन चुलोले समस्यामा परेकाहरु लाई खाना खुवाउने गरेको थियो । पछिल्लो समय क्वारेन्टाईनमा रहेका एवं डडेल्धुरा भएर ओहोर दोहोर गर्ने यात्रुहरु लाई निःशुल्क खाना खुवाउन थालेको थियो ।
अहिले लकडाउन केही खुकुलो भए संगै आंशिक रुपमा होटेल, रेष्टुरेन्टहरु सञ्चालनमा आए पछि बैशाख २७ बाट सुरु गरिएको आपतकालिन चुलो सञ्चालनका लागि खाधान्न, आर्थिक सहयोग गर्ने ब्यक्तिहरु र व्यबस्थापनमा सहयोग गर्ने सेवा दलका सदस्यहरुलाई धन्यबाद दिदै २३ गते मंगलवार ६०औ दिनमा एनडि प्रकाश आपतकालिन चुलोको समापन गरिएको छ ।
डडेल्धुरा काँग्रेस जिल्ला सभापति एबं प्रदेशसभा सांसद कर्ण मल्लको अगुवाईमा सुदुरवश्चिममा प्रजातन्त्रको जग निर्माता,कांग्रेस संस्थापक नेता एनडि प्रकाश चटौतका नाम बाट आपतकालीन भोजन चुलो नाम दिई समस्यामा परेकाहरु लाई खाना खुवाउने अभियान संचालन थालिएको थियो ।
सेवा दल गठन गरी सबै लाई माया गरौ, सबै लाई बचाऔँ, धर्म मानवताको नारा दिई डडेल्धुरा कांग्रेसले बैशाख २७ गते देखि आपतकालिन चुलो संचालन गरेको थियो । मंगलबार कांग्रेसले पत्रकार सम्मेलनको आयोजना गरी हाललाई उक्त अभियान समापन गरेको जनाएको छ ।
लकडाउनको अवधिमा अति आवश्यक कामको लागि डडेल्धुरा सदरमुकाम आएका आफन्त नभएका तथा क्वारेन्टाइनमा बसेका नागरिकलाई भोजन चुलो संचालनमा आए पछि राहत पुगेको कांग्रेसले जनाएको छ । सेवा दलका स्वयंसेवकहरुले करिब दुई महिनाको अवधिमा यहाँका विभिन्न कारेन्टाइनमा पुगेर खाना खुवाएका थिए।
हाललाई चुलो समापनका लागी गरिएको पत्रकार सम्मेलनमा अभियान लाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई कार्यवाहक सभापति करुणाकर भट्टले धन्यवाद दिए ।
आपतकालिन चुलो लाई दुई महिनाको अवधीमा ३७ क्विन्टल ६५ किलो चामल,१क्विन्टल ४३ किलो दाल, ४० किलो नुन र ९२ लिटर तेल सहयोग प्राप्त भएको सेवा दलका संयोजक टंकप्रसाद क्षेत्रीले बताए । ति मध्ये १६ क्विन्टल चामल, २० लिटर तेल, २० किलो नुन र १० पेटी चाउचाउ लगायतको खाद्यान्न सामग्री मौज्दात रहेको छ । मौज्दात रहेको खाद्यान्न आपतविपतमा परेका लाई सहयोग गरिने कार्यालय सचिव राम बिष्टले बताए ।
आपतकालिन चुलो सञ्चालनका लागी सहयोग वाफत दुई लाख, ३८ हजार रुपैयाँ संकलन भएको थियो । उक्त रकम मध्ये एक लाख ६५ हजार नौ ७० रुपैयाँ खर्च भएको छ । ७२ हजार ३१ रुपैयाँ बाँकी रहेको सेवा दलका संयोजक क्षेत्रीले बताए ।
लकडाउनको अबधिमा सांसद मल्लको अगुवाइमा सञ्चालनमा आएको एनडिप्रकास आपतकालिन भोजन चुलोले आइसोलेसनमा रहेका मानिसहरुलाई समेत खानाको ब्यबस्था गरको र सांसद मल्लले विभिन्न स्थानिय तहहरुमा सुरक्षाकर्मि र स्वास्थ्यकर्मिहरुलाई सेनिटाईजर, माक्स, पन्जा , थर्मलगन, पि पि सेट , लगायत खाद्यान्न समाग्री समेत बितरण गरेको डडेल्धुरा काँग्रेस कार्यालय सचिव राम बिष्टले बताए ।










