भारत–चीनको सीमामा ४५ वर्षपछि गोली हानाहान भएको छ । सोमबार पूर्वी लद्दाखको पेन्गाङ झीलस्थित दक्षिणी किनारामा भारत र चीनबीच गोली चलेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
भारतीय सेनाले चिनियाँ सेनाले हिलटप क्षेत्रमा घुसपैठ गरेपछि चेतावनीस्वरुप वार्निङ शट दिइएको बताएको छ ।
आफ्नो कार्वाहीपछि चिनियाँ सेना पछि हट्न वाध्य भएको भारतीय सेनाले जनाएको छ । हिलटप क्षेत्रमा सेनाको चौकीमाथि चिनियाँ सेनाले गोली प्रहार गरेपछि चेतावनीस्वरुप जवाफी फायर गरेको भारतीय सेनाको भनाई छ ।
चिनियाँ सेनाका वेस्टर्न थियेटर कमाण्डका प्रवक्ताका अनुसार भारतीय सैनिकले सोमबार पेन्गाङ त्सो को दक्षिणी किनारामा
लाइन अफ कन्ट्रोल ९एलएसी० पार गरेर घुसपैठको कोशिश गरेको आरोप लगाए । उनले एलएसी पार गरेर हवाई फायर गरेको आरोप लगाएका हुन् ।
चिनियाँ सेनाका अनुसार चिनियाँ सेना भारतीय सेनासँग वार्ता गर्न अगाडि बढिरहेका बेलामा भारतीय सेनाले शेनपाओ इलाकामा वार्निङ शट अर्थात् हावामा गोली चलाएका थिए ।
विभिन्न स्रोतको प्रयोग गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले भने दुवैतर्फ गोली हानाहान भएको बताएका छन्।समाचार एजेन्सी एएनआईले पनि स्रोतलाई उधृत गर्दै हवाई फायर भएको जनाएको छ ।
रातीको घटनापछि सो क्षेत्रको स्थिति तनावपूर्ण रहेको बताइएको छ । सैन्य कमाण्डरहरु वार्तामा बस्ने तयारीमा रहेका छन्। दुवै पक्ष मोर्चा कसेर बसेका छन् ।
एक हप्ताअघि १ सेप्टेम्बरमा भारतमा चिनियाँ दूतावासले बयान जारी गर्दै भारतीय सैनिकहरुले झीलको दक्षिणी तटमा एलएसी पार गरेको आरोप लगाएको थियो ।
४५ वर्षपछि पहिलो पटक दुई देशको सीमामा गोली चलेको हो । यसअघि सन् १९७५ को अक्टुवर २० मा अरुणाचल प्रदेशको तुलुंग लामा चीनले असम राइफलको पेट्रोलिङ पार्टीलाई धोकाधडी गरी एम्बुस थापेर हमला गरेको थियो ।
उक्त घटनामा चार भारतीय जवानको ज्यान गएको थियो । हालै गलवान घाटीमा दुई देशबीच भएको झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो ।
जुन महिनामा भएको सीमा झडपमा २० जना भारतीय सैनिक मारिएपश्चात् दुई देशबीच तनाव झन् झन् बढिरहेको छ।
सोमवार भारतीय फौजले चार हजार मिटरको उचाइमा रहेको पाङ्गोङ् ताल नजिकै रहेको एलएसी वा वास्तविक नियन्त्रण रेखा भनिने विवादित सीमाक्षेत्रमा प्रवेश गरेको चिनियाँ सेनाले बताएको छ।
चीनको सेनाका प्रवक्ता वरिष्ठ कर्नेल जाङ् शियुलीले एक वक्तव्य जारी गर्दै भने, “भारतीय सैनिकहरूले भारत-चीन सीमाको पश्चिमी भागमा एलएसी पार गरेका छन् र पाङ्गोङ् त्सो तालको दक्षिणी किनाराको नजिक शेनपाओ पहाडी इलाकामा घुसेका छन्।”










