कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या ४ करोड २९ लाख नाघ्यो



विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड २९ लाख नाघेको छ ।

हिजो ४ करोड २४ लाख संक्रमित संख्या रहेकोमा बितेको २४ घन्टाभित्र पाँच लाख नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो तथ्यांक अनुसार संक्रमितमध्ये ११ लाख ५४ हजारको मृत्यु भएको छ ।

३ करोड १६ लाख संक्रमणमुक्त भएका छन् । विश्वभर एक करोड सक्रिय संक्रमित रहेका छन् ।

अमेरिकामा ८८ लाख संक्रमितमध्ये २ लाख ३० हजारको मृत्यु भएको छ ।

भारतमा ७८ लाख संक्रमितमध्ये एक लाख १८ हजारको मृत्यु भएको छ ।

ब्राजिलमा ५३ लाख संक्रमितमध्ये एक लाख ५६ हजारको मृत्यु भइसेको छ ।

प्रकाशित मिति : कार्तिक ९, २०७७ आईतबार  ४ : ३२ बजे