विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड ३७ लाख नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ३ करोड २१ लाख संक्रमणमुक्त भएका छन् ।
विश्वभर एक करोड ४ लाख सक्रिय संक्रमित रहेका छन् ।
११ लाख ६४ हजारको मृत्यु भइसकेको छ ।
पछिल्लो समय सक्रिय संक्रमित संख्या बढिरहेको छ ।
अमेरिकामा ८९ लाख संक्रमितमध्ये २ लाख ३१ हजारको मृत्यु भएको छ ।
भारतमा ७९ लाख संक्रमितमध्ये एक लाख १९ हजारको मृत्यु भएको छ ।
ब्राजिलमा ५४ लाख संक्रमितमध्ये एक लाख ५७ हजारको मृत्यु भइसकेको छ ।










