कोरोना अपडेट : विश्वभर संक्रमित संख्या ४ करोड ३७ लाख नाघ्यो



विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड ३७ लाख नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार ३ करोड २१ लाख संक्रमणमुक्त भएका छन् ।

विश्वभर एक करोड ४ लाख सक्रिय संक्रमित रहेका छन् ।

११ लाख ६४ हजारको मृत्यु भइसकेको छ ।

पछिल्लो समय सक्रिय संक्रमित संख्या बढिरहेको छ ।

अमेरिकामा ८९ लाख संक्रमितमध्ये २ लाख ३१ हजारको मृत्यु भएको छ ।

भारतमा ७९ लाख संक्रमितमध्ये एक लाख १९ हजारको मृत्यु भएको छ ।

ब्राजिलमा ५४ लाख संक्रमितमध्ये एक लाख ५७ हजारको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार  ४ : ५५ बजे