कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य तथा सांसद सूर्यबहादुर केसीको निधन भएको छ ।गए राति पोखरास्थित् आफ्नै निवासमा उनको निधन भएको परिवारिक स्रोतले जनाएको छ । ६३ वर्षीया केसी लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी थिए। उनको यसअघि मिर्गौला प्रत्यारोपणसमेत गरिएको थियो ।
केसी पोखरा उपमहानगरपालिकाका तत्कालीन प्रधानपञ्च थिए । उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए ।व्यवसायीक रुपले पनि निकै चर्चित केसी रारा चाउचाउको उत्पादक कम्पनी हिमश्री फुडका सञ्चालक थिए ।
२०७४ सालमा राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेका केसी त्यसयता नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य थिए ।
उनी समानुपातिक तर्फका सांसद हुन् । सामाजिक क्षेत्रमा पनि उनको उच्च योगदान रहेको छ । समाजसेवा तथा दान दातव्यमा उनी मन फुकाएर सहयोग गर्ने गर्थे। ६३ वर्षीय केसीमा पहिलेदेखि मिर्गौलाको समस्या रहेको थियो । उनको अचानक रक्तचाप कम भएपछि निधन भएको पारिवारिक स्रोतले बताएको छ ।








