अमेरिकी राष्ट्रपति चुनावको मतपरिणाम आउन थाल्यो, ट्रम्प भन्दा वाइडन अगाडि देखिए



अमेरिकी राष्ट्रपति चुनावको मतपरिणाम आउन सुरु भएको छ । कूल ५० मध्ये ९ राज्यको मतगणना सकिँदा डेमोक्रेट उम्मेदवार वाइडन पक्षका इलेक्टोरल कलेजका प्रतिनिधि धेरै देखिएका छन् ।

वाइडन पक्षका ४४ र रिपब्लिकन उम्मेदवार ट्रम्पको पक्षका ३७ प्रतिनिधि चुनिएका छन् । राष्ट्रपति निर्वाचित हुन कम्तिमा २७० इलेक्टोरल कलेजका प्रतिनिधि चाहिन्छ ।

निर्वाचनमा बहालवाल राष्ट्रपति ट्रम्प र पूर्वउपराष्ट्रपतिसमेत रहेका बाइडनबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ ।

एक्जिट पोल अनुसार बाइडेन ८५ र ट्रम्प ६१ इलेक्टोरल भोटबाट अगाडि छन् । ट्रम्प इन्डियाना र न्यू हेम्पसायरमा अगाडि छन् । केन्टुकीमा बाइडेनले ५२ ।३ प्रतिशत र टम्पले ४५ ।३ प्रतिशत मत प्राप्त गरेका छन् ।

फ्लोरिडामा जित हासिल गर्नु सबैभन्दा महत्वपूर्ण मानिन्छ । ८० प्रतिशत मत गणना हुँदा ५० प्रतिशत पपुलर मत ट्रम्पले पाएका छन् । यो सन् २०१६ को भन्दा बढी हो ।

केही दशकयताकै सबैभन्दा धेरै विभाजित बनाएको राष्ट्रपतीय चुनावमा अमेरिकी मतदाताहरुले मतदान गरेका छन् । इस्ट कोस्ट क्षेत्रमा सबैभन्दा पहिला मतदान सम्पन्न भएका छन् भने पश्चिमतिरका थुप्रै राज्यमा ढिलोसम्म मतदान भएको छ ।

प्रकाशित मिति : कार्तिक १९, २०७७ बुधबार  ४ : ०४ बजे