कांग्रेस शीर्ष नेताको बैठक आज ( बिहिबार) बस्ने भएको छ ।
गत सोमबार देखी जारी बैठक सांसद सूर्यबहादुर केसीको निधनले मंगलबार स्थगित भएको थियो।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार अनौपचारिक बैठक बुढानीलकण्ठमा १ बजे बस्नेछ ।
उक्त बैठकमा पदाधिकारी, पूर्व पदाधिकारी र केही वरिष्ठ केन्द्रीय सदस्यहरु गरी २५–२६ जना सहभागी हुनेछन् ।
बैठकमा पार्टिको १४ औं महाधिवेशनको तयारी बारेमा छलफल हुँदैछ ।
आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय कार्यालयमा दर्ता गरेको १६ बुँदे विरोधपत्रमा छलफल गरेर शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाहरु तय गरिने बताइएको छ ।
तेसैगरी केपी शर्मा ओली नेतृत्वको सरकारका बारेमा कांग्रेसले बनाउने रणनीतिका बारेमा छलफल हुनेछ ।
यो सरकारले संविधान र लोकतन्त्र बचाउन सक्दैन भन्दै अब कांग्रेस कसरी अगाडि बढ्ने भनी रणनीति बन्न सक्ने मुख्यसचिव पौडेलले बताए ।








