कोरोना अपडेट :विश्वभर संक्रमितको संख्या ६ करोड ७३ लाख नाघ्यो



विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ६ करोड ७३ लाख नाघेको छ ।

संक्रमणबाट कुल मृतक संख्या १५ लाख ३४ हजार नाघेको छ ।

अहिलेसम्म ४ करोड ६५ लाख ८० हजार संक्रमणमुक्त भएका छन् ।

विश्वभर एक करोड ९२ लाख सक्रिय संक्रमित छन् ।

सबैभन्दा बढी अमेरिकामा एक करोड ५१ लाख संक्रमित संख्या पुगेको छ

। त्यहाँ २ लाख ८८ हजारको मृत्यु भएको छ ।

भारतमा ९६ लाख संक्रमितमध्ये एक लाख ४० हजारको मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म २ लाख ४० हजार ९ सय ८१ जना कोरोना संक्रमित संख्या पुगेको छ ।

जसमध्ये १५ सय ९४ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : मंसिर २२, २०७७ सोमबार  ३ : ५० बजे