प्रदेशसभा १ बैठक : मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुँदै



प्रदेश १ को प्रदेश सभा बैठक बस्दैछ । मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको

अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको बैठकमा नेकपाको ओली पक्ष र प्रचण्ड–माधवपक्ष आ–आफ्नै रणनीतिका साथ बैठकमा सहभागी हुने तयारीमा लागेका छन् ।

गत पुस १० गते ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसमध्ये ३ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता गरिसकेका छन् ।

कुल ९३ जना सांसद रहेको यो प्रदेशमा नेकपाका कुल ६७ जना सांसद छन् ।

प्रकाशित मिति : माघ ७, २०७७ बुधबार  ८ : १८ बजे