ओखलढुंगामा १ हजार तीन सय ६६ लाई कोरोना बिरुद्धको खोप दिइने



ओखलढुंगामा १ हजार तीन सय ६६ जना लाई पहिलो चरणमा कोरोना बिरुद्धको खोप दिइने भएको छ । कोभिडको जोखिम मोलेर अग्रभागमा काम गरिरहेका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, एम्बुलेन्स चालक, सुरक्षाकर्मी लगायतलाई कोरोना विरुद्धको खोप दिइने भएको हो । माघ १५ गते जिल्ला अस्पताल रुम्जाटारबाट सुरु गरिएको कोरोना बिरुद्धको खोप अभियान निरन्तर चलिरहेको छ ।

माघ १५ मा जिल्ला अस्पताल रुम्जाटारमा सुरु गरिएको खोप शिबिर माघ १६ र १७ गते ओखलढुंगा सामुदायीक अस्पताल सोब्रमा खोप सञ्चालन गरिने भएको छ । कोभिडको जोखिका बिचमा समेत जिल्लामा अग्रभागमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, एम्बुलेन्स चालक र सुरक्षाकर्मी गरी १ हजार ३ सय ६६ जनालाई खोप दिईने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले बताउनुभयो ।

उनीहरुलाई जिल्लाका स्थानिय तहहरुले पनि सुचना जारी गरेर पायक पर्ने स्थानमा गई खोप सेवा लिन आग्रह गरेको छ । कोरोना बिरुद्धको खोप गर्भवती महिला ,स्तनपान गराईरहेका आमा तथा गर्भअवस्थाको योजना बनाईरहेका महिलाले लागाउन पाउने छैनन् । उनीहरुलाई खोप लगाएपछि केही साईड ईफेक्ट देखिन सक्ने भएकाले लगाउन नमिल्ने प्रमुख तिवारीले जानकारी दिनुभयो ।

हाल जिल्लामा ३ सय ४ भाईल खोप उपलव्ध रहेको छ । उक्त खोपलाई जिल्ला अस्पतालमा नियमित राखिने भ्याक्सीन सरह स्टोरेज गरिएको जिल्ला स्वास्थ्य कार्यलय ओखलढुंगाले जनाएको छ । शुक्रबार सम्म स्वास्थ्यकर्मी, स्वयंसेविका, र एम्बुलेन्स चालक गरी २ सय ८३ जनाले खोप लगाइसकेका छन् । उनिहरुलाई २९ भाइल खोप खपत भएको स्वास्थ्य कार्यालय ओखलढुंगाका खोप निरिक्षक पुष्पराज पन्तले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल रुम्जाटारमा विहिबार एक औपचारीक कार्यक्रम गरी सुरु गरीएको (कोभिड १९) बिरुद्धको खोप अभियान माघ २४ गते सम्म सञ्चालन हुने पन्तले बताउनुभयो । ओखलढुंगा सामुदायिक अस्पतालमा १७ गते सम्म शिविर सञ्चालन हुँने र दुर्गम पहाडी जिल्ला भएकाले स्थानीय तहका केन्द्रहरुमा खोप शिविर लैजाने तयारी भएकाले १७ गते कुन स्थानीय तहमा कुन दिन शिविर सञ्चालन गर्ने भन्ने निर्णय गरिने पन्तले बताउनुभयो ।

प्रकाशित मिति : माघ १७, २०७७ शनिबार  ९ : १० बजे