म्यानमारमा सेनाले हातमा लियो शासन , एक वर्षका लागि संकटकाल घोषणा



म्यानमारमा सेनाले  सत्ता आफ्नो हातमा लिएको छ ।

सोमबार बिहान सेनाले नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) की नेतृ आङ सान सु कीलाई गएराति सेनाका अधिकारीहरुले अकस्मात नियन्त्रणमा लिएका थिए

। उनलाई गिरफ्तार गर्दै सेनाले सत्ता नियन्त्रणमा लिएको हो ।

उनी र पार्टीका अरु केही वरिष्ठ नेताहरुलाई पनि म्यानमारको सेनाले मध्यरातमा पक्राउ गरेको हो

प्रमुख सहरहरूमा इन्टरनेट र केही फोन सेवाप्रदायकले उपलब्ध सेवाहरू अवरुद्ध भएका छन्।

सरकारी टेलिभिजन एमआरटीभीले प्राविधिक कारणले आफ्नो प्रसारण बन्द गरिएको जनाएको छ।

राजधानीसँगको सञ्चार सम्बन्ध विच्छेद भएको छ। त्यहाँको अवस्थाबारे केही थाहा हुन सकेको छैन।

पुरानो राजधानी यान्गुनमा सीमित रूपमा फोन र इन्टरनेट चलेको देखिन्छ। तर धेरै सेवाप्रदायकले आफ्नो सेवा बन्द गरेका छन्।

बीबीसी वर्ल्ड न्यूज टेलिभिजन र अन्य विदेशी टीभीलाई अवरुद्ध गरिएको छ भने स्थानीय टीभी स्टेशनहरूले आफ्नो प्रसारण बन्द गरेका छन्।

यान्गुनमा मानिसहरूले एटीएमबाट पैसा निकाल्न थालेको विवरण प्राप्त भएको छ।

केही स्थानमा एटीएम चल्न छोडेको छ भने ब्याङ्कहरू अर्को सूचना प्रकाशित नभए सम्मका लागि बन्द हुने जनाइएको छ।

सन् २०११ मा प्रजातान्त्रिक सुधारअघिसम्म बर्मा भनेर परिचित म्यान्मारमा सेनाले शासन गर्दै आएको थियो।

गत नोभेम्बर महिनामा भएको चुनावमा सू चीको पार्टी न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी) ले सरकार गठन गर्ने बहुमत प्राप्त गरेको थियो।

सेनाले उक्त चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको छ।

प्रकाशित मिति : माघ १९, २०७७ सोमबार  ६ : ०५ बजे