जुहारी प्रतिष्पर्धामा उत्रिदै यज्ञ–अम्बीर



आफ्नै आन्तरिक द्धन्दका कारण सृजित राजनीतिक अस्थिरताको उपयोग गर्दै नेकपाको दुइ समूह देशभरी नै एक आपसमा आरो प्रत्यारोपमा उत्रिएको छ । हरेक विकासे कार्यक्रममा समेत उनिहरु एकले अर्कोलाई खुइल्याउनमै समय खर्च गरिरहेका हुन्छन् । आज ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले बोलाएको सातै नगर सभाकोको कार्यक्रममा पनि यस्तै भयो ।

नगरसभालाई सम्बोधन गर्नका लागि निम्त्याइएका माधव–प्रचण्ड समूहका सङ्घिय सांसद यज्ञराज सुनुवार र ओली समूहका प्रदेश–१ भौतिक राज्य मन्त्री अम्बीरबाबु गुरुङ विच दोहोरी नै चल्यो । पहिला बोल्ने मौका पाउनुभएका सङ्घिय सांसद यज्ञराज सुनुवारले केपी ओली समूहले गरेको संसद विघटनको निर्णय खारेज गरेर अदालतले जनताको पक्षमा निर्णय गरेको भन्दै आफुले एकै पटक दुईवटा जित हात पारेको उद्घोष गर्नुभयो । राजनीतिक अस्थिरता नेपाली राजनीतिको विशेषता जस्तै बनेको भन्दै सुनुवारले २०७० र २०७४ मा आफुले चुनाव जितेपछि जिल्लाको सडक,खानेपानी, विद्युत, सञ्चार क्षेत्रले निकै ठुलो फड्को मारेको भएपनि सधै अस्थिरता चाहानेहरुले आफ्नो विरोध गरेर राजनीति बचाउने खेतिमा लागेको आरोप लगाउनुभयो ।

एउटै स्टेजमा रहेका प्रदेश राज्यमन्त्री अम्बीरबाबु गुरुङलाई संकेत गर्दै सुनुवारले काम गरेको देख्न नचाहाने तत्वहरु आफु विरुद्धमा लागेर गाली गर्दै हिडेको भन्दै असन्तुष्टी पोख्नुभयो । करिव आधा घण्टाको भाषणमा जिल्लामा भएका विकास निर्माणको फेहेरिस्ता सुनाउदै गाली गर्ने प्रबृतिका मान्छेहरुलाई काम गरेर देखाउन चुनौति दिने बताउनुभयो । वाहा आफ्नो भाषण सकेर राज्यमन्त्री गुरुङको सम्बोधन सुरु हुनासाथ सुटुक्न कार्यक्रम स्थलबाट निष्कनुभयो । नगरसभालाई सम्बोधन गर्ने क्रममा प्रदेश भौतिक राज्यमन्त्री अम्बीरबाबु गुरुङले संघिय सांसद सुनुवारले सिस्टममा आएको योजनालाई आफ्नो डायरीमा भरेर कार्यसूचि बनाउदै जनतालाई भ्रमित पार्दै हिडेको आरोप लगाउनुभयो ।

जनताका अघाडी भ्रमपूर्ण भाषण गर्दैैमा विकास नहुँने भन्दै गुरुङले हावामा, आकाशमा र भाषणमा विकास गर्नेहरु वर्तमान सरकारले गरेका कामको लिष्टलाई आफ्ना डायरीमा टिपेर नक्कली कुरा गर्दै हिडेको बताउनुभयो । आफुहरु जनप्रतिनिधि भैसकेपछि पटक पटक छलफल र सहकार्य गरौं भन्दा सांसद सुनुवारले कहिल्यौ ध्यान नदिएको वाहाको भनाइ छ । वर्तमान केपी शर्मा ओली र उवाहा मातहतका निकायबाट भएका जनप्रिय कामको विरुद्धमा बहुमतको सरकारलाई ढाल्न हस्ताक्षेर संकलन गर्दै आफ्नो घर छाडेर माइतिघर मण्डलातिर हिडेको बताउनुभयो ।

योजनाको विषयमा डिपीआरको वाक्य नपुटाउनेले विकासको अनुचित व्यख्या गर्दै दुइ चार जना मान्छे बटुलेर हिड्ने र भ्रष्टाचारीहरुलाई संरक्षण गर्दै हिडेको गुरुङले आरोप लगाउनुभयो । प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव पेश गर्नका लागि ६९ नम्बरमा हस्ताक्षेर गरेर माइतिघर मण्डलामा जानुको औचित्य के हो ? भनेर सुनुवारलाई प्रश्न गर्नुभयो । सरकारले ठुल ठुला योजनाहरु भित्र्याउने कामको सुरुवात गरेको भन्दै आफु काम नभै प्रचार नगर्ने भएपनि केही मान्छेको प्रबृति काममा सिन्को नभाच्ने, भ्रष्टाचार गर्नेहरुलाई जोगाउने र अरुले गरेको कामको टिपोट गरेर नक्ली कुरा गर्नेहरुकोे हिसावकिताव हुँने बताउनुभयो ।

करिव ४५ मिनेटको सम्बोधनमा धेरैजसो यज्ञ राज सुनुवार लक्षित भाषण गर्नुभएका गुरुङले चिशंखुगढी र मोलुङ गाउपालिकामा भएको भ्रष्टाचारको विषय १० दिन भित्र प्रमाणीत भएर जनतामाझ सार्वजनिक हुने बताउनुभयो । १० दिन भित्र तथ्यसहित सार्वजनिक नर्ग नसके आफुले राजनीति नगर्ने समेत बताउनुभयो ।

प्रकाशित मिति : फाल्गुन १७, २०७७ सोमबार  १ : ५८ बजे