मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी)अवार्ड



एसिड आक्रमणमा परेकी मुस्कान खातुनले अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) अवार्ड प्राप्त गरेकी छिन ।तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमका बिच उक्त पुरस्कार मुस्कान लगायतका विजेताहरूलाई प्रदान गर्ने कार्यक्रम रहेको पनि दुताबासले जनाएको छ ।

ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाहरुलाई आईडब्ल्यूओसी अवार्ड प्रदान गर्ने गरिएको छ ।

वीरगन्ज महानगरपालिका–११, श्रीपुरकी खातुनलाई २०६६ भदौ २० गते बिहान बिद्यालय जादै गर्दा दुई किशोरले एसिड प्रहार गरेका थिए । एसिडबाट खातुनको अनुहार, छाती, हातखुट्टा लगायत अंगहरु जलेका थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ३ : ४७ बजे