मुख्यमन्त्री राईबिरुद्दको अविश्वासको प्रस्ताव फिर्ता लिन नेपाल पक्ष सहमत



प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बिरुद्ध पेश गरेको अविश्वासको प्रस्ताव फिर्ता लिन माधब नेपाल पक्षका सासंदहरु तयार भएका छन् ।

नेपाल पक्षका सासदहरु सहित बुधबार बसेको एमाले संसदीय दलको बैकठले मुख्यमन्त्री राई विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव फिर्ता लिने सहमति भएको हो ।

प्रधानमन्त्री केपी ओलीले पुष ५ गते प्रतिनिधिशभा विघटन गरे पछि १ नम्बरका मुख्यमन्त्री राई, बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बिरुद्ध तत्कालीन नेकपामा सासदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

सर्वोच्च अदालतले माओाबादी केन्द्र र एमाले एकतालाई कानूनी मान्यता नदिएपछि पूर्व पार्टीका फर्किएका सासदहरुले मुख्यमन्त्री विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव फिर्ता लिएका हुन् ।

प्रकाशित मिति : चैत्र ११, २०७७ बुधबार  ७ : ४६ बजे