मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतद्वारा कोरोना खोप निर्यातमा रोक



कोरोना संक्रमणको दोस्रो चरण सुरु भएसंगै भारतले कोरोना विरुद्धको खोप निर्यातमा अनिश्चितकालीन रोक  लगाएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भारतमै खोप आवश्यक हुन सक्ने भन्दै अस्थायीरुपमा खोप निर्यात रोकेको हो ।

भारतले अहिलेसम्म ७६ देशमा खोप निर्यात गर्दै आएको थियो । बीबीसीका अनुसार अक्सफर्ड–आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि रोक लगाइएको छ ।

भारतले अहिलेसम्म ६ करोडभन्दा बढी खोप निर्यात गरिसकेको छ । भारतको यो निर्णयले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ४ : २३ बजे