मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भियतनामका नवनियुक्त राष्ट्रपति फूकले लिए सपथ



हनोई, २३ चैत (रासस–एएफपी) – भियतनाममा कोरोनाभाइरस महामारी नियन्त्रणमा सफलतापूर्वक भूमिका निर्वाह गर्नु भएका नुएन झुआन फूकले भियतनामको राष्ट्रपतिमा औपचारिक रुपमा सोमबार सपथ लिनु भएको छ ।

सोमबार सम्पन्न गोप्य मतदानमा फूकले ५०० सदस्यीय राष्ट्रिय सभामा धेरै मत प्राप्त गर्नु भएको थियो ।

भियतनाममा कम्युनिष्ट पार्टीको शासन रहेको छ र यहाँ पार्टीका महासचिव, राष्ट्रपति र प्रधानमन्त्रीमा शासनको बागडोर रहेको छ । महत्वपूर्ण निर्णयहरु १८ सदस्यीय पोलिटब्युरोले गर्ने प्रचलन छ ।

सपथ ग्रहणपश्चात नवनियुक्त राष्ट्रपति फूकले आफूले देशको उच्च पदमा रहेर सेवा गर्ने अवसर प्राप्त गरेकामा खुशी व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १ : १६ बजे