कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो बस्ने भएको हो ।
आजको बैठका राष्ट्रियसभाको उपनिर्वाचन केन्दृत हुने बताइएको छ ।
रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएपछी उनको ठाउमा जेठ ६ गतेका लागि उप निर्वाचन हुँदै छ ।
नेकपा एमालेले गृहमन्त्री समेत रहेका राम बाहादुर थापा बादललाई नै उम्मेदवार बनाउने घोषणा गरिसकेको छ ।
तेस्तै आजको बैठकमा बिभिन्न प्रदेशहरुको सत्ता समिकरण र सरकार परिवर्तनअको बारेमा पनि छलफल गर्दै रणनिती तय गरिने भएको छ ।
कांग्रेसको केन्द्रिय समिती बैठक भोलीलाई आह्वान गरिएको छ ।
सोमबार बस्ने केन्द्रिय समिती बैठककको एजेन्डाबारे सहमति खोज्ने कसरत पनि आजको बैठकमा हुने बताइएको छ ।








