भारतमा एकै दिन साढे तीन लाख संक्रमित,२७ सय भन्दा बढिको मृत्यु



भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ४९ हजार ६९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २७ सय ६७ जनाको ज्यान गएको छ।

त्यहाँ कोभिड–१९ बाट एक लाख ९२ हजार ३११ जनाको मृत्यु भइसकेको छ ।

भारतमा कुल संक्रमितको संख्या एक करोड ६९ लाख ६० हजार भन्दा धेरै पुगेको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

दैनिक रुपमा थपिने कोरोना भाइरसका संक्रमितको संख्याले भारतमा नयाँ कीर्तिमान कायम गरिरहेको छ ।

प्रकाशित मिति : बैशाख १२, २०७८ आईतबार  ५ : ४७ बजे