डिशहोमले युरो कपको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट युरो कपको प्रत्यक्ष प्रसारण हेर्न सकिने साथै नेपाली र अंग्रजी दुवै भाषामा कमेन्ट्री सुन्न सकिने डिशहोमले जनाएको छ ।
डिशहोमका ग्राहकले रिमोटमा रहेको पहेलो रंगको अडियो बटनमा थिचेर नेपाली भाषामा कमेन्ट्री हेर्न सक्ने छन् । अडियो बटन थिचेपछि नेपाली आउने र नेपालीमा आइरहेको छ भने अंग्रेजीमा आउने डिशहोमले जनाएको छ ।
डिशहोमको एक्सन इस्पोर्ट्स एचडी च्यानल क्लियर टिभी (च्यानल नम्बर ५४३), सीम टिभी (च्यानल नम्बर १०५-९९१), मेरो टिभी (च्यानल नम्बर ९००), नेट टिभी (च्यानल नम्बर ५२९), डिओइएन टिभी (च्यानल नम्बर ४२००) र प्रभु टिभी (च्यानल नम्बर ७१६) बाट पनि हेर्न सकिने छ ।










