एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै



नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्ने भएको छ। बिहान ११ बजे बालुवाटारमा बस्ने बैठकले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने बताइएको छ

मंगलबार बसेको स्थायी कमिटी बैठकले पुरानै संरचनाअनुसार पार्टी सञ्चालनको निर्णय गरेको थियो। तर एमालेले पूर्वनिर्धारित महाधिवेशन आयोजक कमिटी बैठकलाई निरन्तरता दिएको छ। एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले नवौं महाधिवशेनको संगठनात्मक ढाँचामा पार्टीलाई फर्काउनुपर्ने माग राखेका थिए। यो मागमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष पहिले सकारात्मक थिएन।

तर अध्यक्ष ओलीले एकलौटी रूपमा गठन गरेको १९ सदस्यीय स्थायी कमिटी बैठकले नै पुरानै संरचनाअनुसार पार्टी सञ्चालन गर्ने निर्णय गरेको छ। यो निर्णयलाई नेपाल पक्षका नेता भीम रावलले छलफलविनै आएको निर्णय भन्ने प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : असार १६, २०७८ बुधबार  ९ : ५७ बजे