एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक कमिटी भंग गरेका छन। आज बालुवाटारमा बसेको ओलि पक्षिय बैठकले पार्टीको महाधिवेशन आयोजक कमिटी भंग गरेको हो।पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सञ्चालन हुने बताएका छन्। उनले बुधबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठक अन्तिम भएको बताए।
तेस्तै आजको बैठकले माओवादीबाट एमाले प्रवेश गरेका चार जना नेता रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई एमालेको स्थायी कमिटीमा थप थप गरेको छ। त्यस्तै, एमालेबाट पनि रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघु पन्तलाई पनि पार्टीको स्थायी कमिटीमा थप गरिएको छ । साबिकको नेकपामा रहेका स्थायी समिति सदस्यहरुलाई एमालेमा सोही हैसियतमा स्थान दिइएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।








