नेकपा एमालेको माधब नेपाल् समुहले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समुहले भोलिका लागि तय गरेको शुक्रबारको ‘केन्द्रीय’ कमिटी बैठकमा सहभागि नहुने निर्णय गरेको छ।
आज बसेको खनाल–नेपाल पक्षीय स्थायी कमिटी बैठकले शुक्रबारका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक अवैधानिक भएकाले त्यसमा सहभागी नहुने निर्णय गरेको नेता भीम रावलले बैठकपछि जानकारी दिए ।यथास्थितिमा बैठकमा नजाने सर्वसम्मत निर्णय गरेकाे रावलले जानकारी दिए ।
रावलले भने “वार्ता र सहमतिबाट समस्याको समाधान खोजिनुपर्छ,” “पार्टीको विधानविपरीत गठित दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसकाले निर्णयले पार्टी एकता हासिल गर्न अवरोप पुर्याउने भएकाले यही असार १८ गते बोलाइएको बैठकमा सहभागी हुन सकिँदैन,”
भोलि बस्न लागेको ओलि समुहको बैठक एकताका लागि नभई बिखण्डनका लागि भएको भन्दै उक्त बैठकमा सामेल नहुने निर्णय गरेको नेपाल समुहका अर्का नेता युवराज ज्ञवालीले बताए।उनले भने, ‘ हामीले एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी बैठकको माग गरेका छौँ। सोही बैठकबाट आवश्यक निर्णयहरु गर्न सकिन्छ। जबसम्म हाम्रो माग पूरा हुन्न तबसम्म अवैध कमिटी बैठकमा सामेल हुने कुरा हुन्न।’
यसाघि एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन आयोजक कमिटी भंग भरी केन्द्रीय समिति ब्यूँताउदै पूर्व माओवादीका २० जनालाई केन्द्रीय सदस्य बनाएका थिए।
ओलिले गरेको उक्त निर्णयप्रति समेत आपत्ति जनाउदै नेपाल समुहका नेताहरुले ओलि पक्षले साँच्चै एकता चाहेको भए यसअघि गठन गरिएको कार्यदल ब्यूँताउनु पर्ने र त्यसैको माध्यमबाट वार्ता गरी सहमति गर्नुपर्ने निष्कर्ष निकालेका छन।








