लामो समयदेखी जारी नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्नेगरी सहमती जुटेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शीर्ष नेताहरूको बैठकले क्रियाशील सदस्यता विवाद समाधानका लागी सहमतीजुटाउदै देशभरिबाट प्रक्रिया पूरा गरेर आएको क्रियाशील सदस्यको नामलाई समावेश गर्ने सहमति जुटाएको हो ।
शुक्रबारको बैठकमा देशभरिबाट प्रक्रिया पूरा गरेर आएको क्रियाशील सदस्यको नामलाई समावेश गर्ने सहमति बनेको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले जानकारी दिए ।संयोजक लेखकले पदाधिकारी बैठकको निर्णयले सहमतिका आधारमा सदस्यता टुंग्याउन बाटो खोलेको बताए ।
हिजोको बैठकबाट क्रियाशील सदस्यतामा भएका असहमतिका विषयलाई तीन मुख्य विषयमा बाँडफाँड गरी छुट्टाछुट्टै मापदण्ड तयार गरिएको र त्यही मापदण्डका आधारमा कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले देशैभरिका क्रियाशील सदस्यताको टुंगो लगाउने छ ।विवाद समाधानका लागि मापदण्ड बन्न नसक्दा काम अड्केको कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले बताउदै आएको थियो ।
शुक्रबार सहमती भएको नयाँअ मापदण्ड अनुसार विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा आएकाहरूमा जिल्लादेखि सबै प्रक्रिया पूरा गरेर आएको नाम स्वीकृत गर्ने पनि सहमति भएको छ । प्रदेश जिल्ला र वडास्तरमा विवाद नै कायम रहेको क्रियाशील सदस्यको नाममा एकपटक सहमति जुटाउन प्रयास गर्ने सहमति हुननसके छानबिन समितिले आवश्यक प्रक्रिया र कागजपत्र हेरेर निर्णय गर्न सक्ने पनि बैठकमा सहमति जुटेको छ ।
तेस्तै नयाँ मपदण्ड अनुसार कांग्रेस भित्रकै व्यक्तिहरुले पाएका अर्थात् अरु दलबाट आएर समायोजन भएका बाहेकका नवीकरण र नयाँ सदस्यताको विवादलाई छानबिन समितिले नै हेर्ने र टुंग्याउने भएको छ ।कतिपय स्थानमा नयाँ सदस्यताका हकमा देखिएको विवाद सहमति भए टुंग्याउने र नभए हालका लागि थाँती राखेर पुराना सदस्यतालाई मात्रै मान्यता दिने पनि सहमती भएको छ ।
तेस्तै गच्छेदार नेतृत्वको तत्कालीन दलबाट आएकाहरुका सदस्यताका विवादलाई सो पक्षसँग समितिले विवाद टुंग्याउन पहल गर्ने नभए शीर्ष नेतृत्वबाट टुंग्याउने, पहिले नाम आएर पनि सदस्यता नपाएकालाई सहमति गरेर दिने तथा पहिले नाम नआएर पछि आएकालाई हटाउने सहमति भएको छ ।यसैगरी राप्रपा परित्याग गरी आएका सुनील थापासहितको समूह र अन्यको हकमासमेत सोही नीतिबाट विवाद समाधान गर्ने सहमति भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयमा हालसम्म ८ लाख बढी नयाँ र नवीकरण भएका क्रियाशीलको सदस्यको सूची आइपुगेको छ । यस अघी तय भएको कांग्रेस महाधिवेशन कार्यतालिका अनुसार असार २० गतेसम्म सदस्यता छानबिन समितिले केन्द्रीय समितिलाई सदस्यताको विवरण बुझाउनुपर्नेछ ।








