जुनसुकै हालतमा महाधिबेशन हुन्छ, तोकिएको काम गर्न थाल्नुस : सभापती देउबा



कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४ औँ महाधिवेशन जुनसुकै हालतमा पनि तोकिएकै समयमा गरिछाड्ने बताएका छन्।देउबा निबास बुढानिलकण्ठमा शनिबार आफू निकट पदाधिकारीहरूको भेलाका देउवाले १४ औँ महाधिवेशन जुनसुकै हालतमा पनि तोकिएकै समयमा गरिछाड्ने भन्दै आफुनिकटहरुलाई तोकिएको काम समयमै सम्पन्न गर्न निर्देशन समेत दिए ।

देउबाले भने ‘मलाई महाधिवेशन नगराएको कलंक बोक्नु छैन।’म बरू हार्छु, तर महाधिवेशन गराउँछु,देउबाले भने ‘मलाई महाधिवेशन नगराएको कलंक बोक्नु छैन।’म बरू हार्छु, तर महाधिवेशन गराउँछु, । बैठकमा क्रियाशील सदस्यताबारे बनेको सहमतिको जगमा महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेगरी आ–आफ्नो जिम्मेवारी पूरा गर्नपनि देउवाले निर्देशन दिए ।

सभापती देउबाले सदस्यता छानबिन समितिमा रहेका नेताहरुलाई अधिकतम सहमति जुटाउन र विवाद नमिलेका ठाउमा स्थगित गरेर अगाडि बढ्नसमेत निर्देशन दिएका छन् ।देउबा निबासमा भएको छलफलमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सह–महामन्त्री डा .प्रकाशशरण महत, सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकलगायतका नेताहरू उपस्थित थिए।

यसैबिछ लामो समयदेखी जारी नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्नेगरी सहमती समेत जुटेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शीर्ष नेताहरूको बैठकले क्रियाशील सदस्यता विवाद समाधानका लागी सहमती जुटाउदै देशभरिबाट प्रक्रिया पूरा गरेर आएको क्रियाशील सदस्यको नामलाई समावेश गर्ने सहमति जुटाएको हो ।

 

प्रकाशित मिति : असार १९, २०७८ शनिबार  ५ : ०७ बजे