प्रतिनिधिसभा विघटन मुद्दामा सभामुख पक्षको बहस सकियो



प्रतिनिधिसभा विघटन विरुद्ध सर्बोच्चमा जारी बहसको क्रममा सभामुख अग्निप्रसाद सापकोटाका पक्षको बहस सकिएको छ । सभामुख सापकोटाका पक्षमा आइतबार वरिष्ठ अधिवक्ता श्याम खरेल, उपेन्द्रकेशरी न्यौपाने, लव कुमार मैनाली, अधिवक्ता मेघराज पोखेरल र श्रीकृष्ण सुवेदीले बहस गरेका थिए ।

सर्बोच्चमा आजैबाट निवेदक पक्षको जवाफी बहस शुरु गरिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४७ जना सांसदको तर्फबाट आइतबार वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले १ घण्टा जवाफ दिएका थिए ।।

निवेदक पक्षका तर्फबाट सोमवार वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले रिट निवेदक पक्षबाट बाँकी २ घण्टा जवाफी बहस गर्ने छन् ।

प्रकाशित मिति : असार २०, २०७८ आइतबार  ५ : ३९ बजे