उपत्यकामा एक साता निषेधाज्ञा थपियो : जोर-बिजोर प्रणालीको अन्त्य (आदेशसहित)



उपत्यकामा जारी निशेधाज्ञा थप खुकुलो बनाइएको छ । काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटेको छ ।काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आजको बैठकले निशेधाज्ञा खुकुलो बनाउदै सवारी सञ्चालनमा जोर विजोर प्रणाली हटाइएको छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर अब अब सबै सवारी साधन सञ्चालन गर्न सकिने बताइएको छ ।  त्यसैगरी अब अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पनि दिइन्छ। तर जिल्ला प्रशासन कार्यालयबाट अनुमति भने लिनुपर्नेछ।

यसअघि २५ सिटभन्दा माथिका बस मात्र चल्ने गरी निषेधाज्ञा थप गरिएकामा असार २२ गतेदेखि ट्याम्पो र माइक्रो बस समेत चल्ने भएका छन् ।सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

थपिएको निशेधाज्ञामा पूर्वनिर्धारित परीक्षाहरू सञ्चालन गर्न पाइनेछ। परीक्षा हलमा २५ जना मात्रै विद्यार्थी राख्नुपर्नेछ। जारी  निषेधाज्ञामा सभा तथा सम्मेलन गर्न भने पाइने छैन।

 

प्रकाशित मिति : असार २०, २०७८ आइतबार  ५ : ५८ बजे