डिशहोम फाइबरनेट सेवा बुटवल र बर्दिवासमा पनि विस्तार भएको छ । बुटवल र बर्दिवास नगरक्षेत्रमा फाइबरनेट सेवा दिन थालेको डिशहोमले जनाएको छ । बुटवलको सिद्दबाबा (तल्लो), गोलपार्क, ज्योतिनगर, ट्राफिक चोक, हस्पिटल लाइन, टभुड्की चोक, चादबारी, भाटभटेनी लाइन, सुक्खानगर एरिया, हिलपार्क, आम्दा हस्पिटल लाइन, दीपनगर, शिवनगर एरिया, मुटु हस्पिटल बेश क्याम्प, रामनगर एरिया, बुटवल चौराहालगायतका क्षेत्रमा फाइबर इन्टरनेट वितरण सुरु गरेको डिशहोमले जनाएको छ ।
त्यस्तै, बर्दिवास नगरपालिकाको इन्टरनेट जडान गर्दा टिभी सब्स्क्रिप्शन, डिशहोम मोवाइल एप, एक्सभीओडी सेवा निःशुल्क प्राप्त हुनेछ । लालगढ हस्पिटल चोक, लालगढ धनौजी, लालगढ पानीट्याङ्की, लालगढ सुनौलो बस्ती, ललगढ श्रेष्ठ टोल, लालगढ आदर्श टोल, लालगढ बाल टोल, बर्दिवास सिन्धुली रोड, बर्दिवास यातायात, हमाल टोल, जनता मावि स्कुल, बुद्ध चोक, बर्दिवास औराही रोड, बर्दिवास बजार, संगम बस्ती, गौतम होटल, चौधरी मार्केट, गलटार, नमुना बस्ती, बर्गाच्छी टोल, गौरीडाँडा, गौरीडाँडा १६ विघा, ढुंगाना टोल गौरीडाँडा, रेडियो नेपाल गौरीडाँडामा डिशहोम फाइबरनेट सेवा जडान सुरु गरिएको हो ।
राजधानी काठमाडौंसहित मुलुकका प्रमुख शहरहरूमा इन्टरनेट सेवा सुरु गरिसकेको कम्पनीले बुटवल र बर्दिवासमा अहिले सेवा सुरु गरेको हो । कोरोनाको बढ्दो संक्रमण र निषेधाज्ञाका कारण धेरै शहरहरूमा इन्टरनेट सेवा सुरु गर्न नसकेको डिशहोमले अब पूर्वयोजनाअनुसार सेवा विस्तार तीब्र बनाउने जानकारी दिएको छ ।
स्थानीय डिलर तथा हटलाइन नम्बर ९८०१५४४००० मा फोन गरेर पनि इन्टरनेट जडान गर्न सकिने डिशहोमले जनाएको छ । हाल ३०, ४०, ६० र १०० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउँदै आएको कम्पनीले चाँडै २०० एमबीपीएस गतिको पनि इन्टरनेट सुरु गर्ने योजना बनाएको पनि डिशहोमले जनाएको छ ।










