प्रतिनिधिसभा विघटन विरुद्ध १४६ जना सांसदले दायर गरेको रिटमाठीकओ बहस सोमबार सकिँदैछ। सोमबार काँग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीले पनि जवाफी बहस गर्ने भएका छन् ।
इजलासले तोकेको २ घण्टा दुई मिनेटमा बरिष्ठ अधिवक्ता भण्डारी, शम्भु थापा, बद्रि बहादुर कार्की र हरिहर दाहालले जवाफ दिँदै छन् ।
आजै नेपाल बार र सर्वोच्चबाट झिकाइएका चारजना एमिकस क्यूरीले दुई घण्टा बहस गरेपछि विघटन मुद्दाको बहस सकिनेछ।सर्वोच्च बारले एमिकस क्यूरीका रुपमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रसाद घिमिरे र प्रकाशबहादुर केसीलाई पठाएको छ भने नेपाल बारले राघवलाल वैद्य र उषामल्ल पाठक पठाएको छ।








