सर्बोच्चको संवैधानिक इजलास जारी प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सोमबारबाट सकिएको छ । बहस सकिएसगै आगामी असार २८ गते पुन : बस्ने संवैधानिक इजलासले उक्त मुद्दाको फैसला सुनाउने भएको छ ।
सोमबारसम्म रिट निवेदक र विपक्षीको बहस र एमिकस क्युरीको राय सुनिसकेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दा हेर्दाहेर्दैमा राखेर असार २८ गतेका लागि पेशी तोकेका छन् । असार ९ देखि शुरु भएको बहस असार २१ मा सम्पन्न भएको हो ।
दुवै पक्षको बहस सकिएपछि सोमबार एमिकस क्युरीले सुझाव दिएका थिए ।उनीहरुको सुझावपछि संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले असार २८ गते फैसला सुनाउने जानकारी गराएका थिए ।










