एमाले कार्यदलको बैठक बस्दै : कार्यदल सफल हुनेमा आशंका



नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक पछिल्लो समय लगातार बसिरहेको छ । बैठकपछी नेताहरुले सहमती नजिक पुगिएको जानकारी गराउने गरेका छन ।कार्यदल सहमती नजिक पुगेको नेताहरुले बताउने गरेपनी ठोस सहमतिको मार्ग पहिल्याउन कार्यदल असफल भएको छ ।

बिहीबार बस्ने भनेको कार्यदलको बैठक दिउसो बस्न नसकी अनौपचारिक छलफल मात्रै भएपछी बाहिरिने क्रममा नेता घनश्याम भुसालले १० दिन यता कुनै प्रगति नभएको जानकारी गराएका थिए ।बाहिरिने क्रममा नेता भुसालले भने, ‘हामी करिब १० दिनअघि जुन अवस्थामा थियौँ अहिले त्यहि अवस्थामा छौँ। खास प्रगति गरेका छैनौँ।’

कार्यदलको बैठक आज (शुक्रबार) बिहाना साढे ११ बजे बस्दैछ । बिहीबार साँझ सिंहदरबारमा बसेको बैठकमा कुनै सहमति निकाल्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।

नेता सुवास नेम्वाङले हिजोको बैठकबाट केही टुंगोमा पुग्न नसकेकाले आज साढे ११ बजे बस्ने बैठक बस्ने तय भएको जानकारी दिएका थिए । आजको बैठकले टुंगोमा पुर्याउँने नेता नेम्वाङको दावि रहेको छ ।उनले धेरै लामो समयदेखि पार्टीभित्र समस्या रहेको भन्दै त्यसलाई मिलाइने विश्वास दिलाए । आफूहरूबीच विषयवस्तुमा प्रवेश भर्इ छलफल भइरहेको र आजको बैठकबाट टुंगोमा पुग्न प्रयास गरिने उनले बताएका थिए । कार्यदलको बैठक शिहदरबार स्थित अर्थमन्त्रालयमा बस्दै आएको छ ।

प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार  ११ : २३ बजे