नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाइतर समूहको बैठकले १४औं महाधिवेशनमा साझा उम्मेदवार अगाडि सार्ने सहमति गरेको छ । आज वत्तीसपुलतीमा बसेको देउवाइतर समूहका सभापतिका आकांक्षीहरुको बैठकले साझा उम्मेद्वार तय गर्ने र को उम्मेदवार बन्ने भन्ने उचित समयमा छलफल गरी निर्णय लिइने तय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
अहिले को उम्मेदवार बन्ने तय नभएको र उचित समयमा छलफल गरी निर्णय लिइने साझा उम्मेदवार लोकप्रीयता र क्षमताको आधारमा तय गरिने उनले बताए ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा। शेखर कोइराला, सुजाता कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसी सहभागी थिए ।








