सर्वोच्चको फैसलाले राष्ट्र र लोकतन्त्रलाई जोगायो : उपेन्द्र यादव



संघीय संसद्मा चौथो ठूलो दल जसपाका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतको फैसलाले मुलुक र लोकतन्त्रको रक्षा गरेको प्रतिक्रिया दिएका छन् ।

सर्बोच्चको फैसलापछी पत्रकारहरुलाई  संक्षिप्त प्रतिक्रिया दिँदै यादवले मुलुक र लोकतन्त्रको रक्षाका लागि सर्वोच्चको फैसला आएको बताए ।

‘यो फैसलाले देशलाई पनि जोगायो, यसबाट लोकतन्त्र र संविधानको रक्षा भयो,’ यादवले भने, ‘लोकतन्त्रलाई बचाउने ऐतिहासिक निर्णय हो यो ।’

प्रकाशित मिति : असार २८, २०७८ सोमबार  ४ : २८ बजे