सर्बोच्चको फैसलाले संविधान र लोकतन्त्र झन बलियो , प्रदिप पौडेल



कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले सर्बोच्चको फैसलाले संविधान र लोकतन्त्र बलियो बनेको प्रतिक्रीया दिएका छन ।सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर ठहर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न गरेको फैसलापछी पौडेलले यस्तो प्रतिक्रीया दिएका हुन ।

पौडेलले सर्वसत्तावाद र अधिनायकवाद लोकतन्त्रको सामु घुँडा टेकेकाे भन्दै सबैलाई बधाई ज्ञापन गरेका छन ।

“सबै राजनैतिक विषय अदालत पुग्नु आफैंमा स्वाभाविक होईन।तर ओली अहंकारले संसद विघटनकाे मुद्धा अदालत पुगेको थियो।अंततः अदालतले न्यायिक निरुपण गरेको छ। ,उनले भनेका छन,संविधान र लोकतन्त्र झन् बलियो भएको छ।सर्वसत्तावाद र अधिनायकवाद लोकतन्त्रको सामु घुँडा टेकेकाे छ । सबैमा हार्दिक बधाई ।”

प्रकाशित मिति : असार २८, २०७८ सोमबार  ४ : ३८ बजे