सर्बोच्च अदालतको परमादेश अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन्।याे सँगै देउवा पाँचाैँ पटक मुलुककाे प्रधानमन्त्री बनेका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ५ अनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।
प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अब एक महिनाभित्र विश्वासकाे मत लिनुपर्छ। विश्वासकाे मत नपाए पनि उनकै नेतृत्वमा मुलुक चुनावमा जाने छ।यसअघि सोमबार सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो।










