निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा रहपनि सर्वोच्चको परामादेशबाट आफू हट्नु परेको बताएका छन ।सिंहदरबार छाड्दै गर्दा मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले भने, ‘मेरो अटल विश्वास जनतामाथि हिजो पनि थियो र आज पनि छ । जनादेश मेरो पक्षमा थियो, तर परमादेश शेरबहादुरजीको पक्षमा आयो ।
यस्तै उउनलेसत्ताबाट बाहिरिँदा आफूलाई रत्तिभर चिन्ता नरहेको समेत बताए ।ओलीले प्रतिपक्षमा रहेर पनि सरकारलाई खबरदारी गरिरहने बताए ।








