नेपाली काँग्रेसका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकास सिंह कार्किले सर्बोच्च अदालतको फैसलाले देशको जिम्मेवारी फेरी कांग्रेसको कांधमा आएको बताएका छन । काठ्माण्डौको कमलपोखरिस्थित हुकुम दरबार होटेलमा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउंपालिकाका काठमाडौंमा उपलब्ध नेता-कार्यकर्ताहरुसंग छलफल तथा अन्तर्क्रीया कार्यक्रममा बोल्दै नेता कार्किले यस्तो बताएका हुन ।
नेपाली काँग्रेसको उधोग तथा ब्यापार बिभागका केन्द्रिय सदस्य समेत रहेका नेता कार्किले सर्बोच्चको परमादेशले देशमा ब्याप्त राजनितिक अन्योलताको निकाश दिएको दाबी गर्दै काँग्रेस बिना देश नचल्ने पुष्टी भएको उल्लेख गरे । उनले काँग्रेस सधै देश र जनताको पक्षमा उभिएको भन्दै सर्बोच्चको फैसलाले फेरी काँग्रेसकै नेतृत्वमा देश र राजनितिले निकाश पाउने उल्लेख गरे ।
उनले नेपाली काँग्रेस सोलुखुम्बुलाई एक बनाउन आफ्नो सक्रीयता नघट्ने बताए । नेता कार्किले पार्टी एक नभएसम्म नेता कार्यकर्तामा नयाँ उर्जा नआउने भन्दै सबै जिल्लाको समग्र बिकासका लागी जिल्लाबासिको चाहना अनुसार सोलुखुम्बुमा नेपाली काँग्रेस एकजुट भएर जानुपर्ने जिकिर गरे ।एउटालाई असफल बनाउंदा आफु सफल भएको ठान्ने प्रबृत्तिलाई छड्न सबैलाई आग्रह गर्दै पार्टी सफल हुँदा आफु सफल भएको ठान्ने प्रबृत्तिको बिकाश हुनुपर्ने उनले बताए ।
कार्यक्रममा पार्टी आदिबासी जनजाति बिभागका केन्द्रीय सदस्य एबम नेता आङछिरिङ शेर्पा, पार्टिका अर्का नेता रामबहादुर बस्नेत, चुङ्बा शेर्पा, फुनुरु शेर्पा नेतृ डोल्मा तामाङ लगायतले आ- आफ्ना धारणा राखेका थिए ।








