गृहमन्त्री खाँणले सम्हाले कार्यभार



काठमाडौं । नेपाली कांग्रेसका नेता एवम नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार सम्हालेका छन् । उनले बुधवार (आज) मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।

मंगलवार राती शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरे पनि उनले मन्त्रीको कार्यभार भने आज सम्हालेका हुन् ।

सर्वोच्च अदालतले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो । प्रधानमन्त्रीमा देउवासहित अन्य चार मन्त्रीले मङ्गलवार साँझ नै शपथग्रहण गरिसकेका छन् ।

प्रकाशित मिति : असार ३०, २०७८ बुधबार  ११ : ५० बजे