कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक



नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका छन्। बैठक बिहीबार २ बजे बुढानीलकण्ठस्थित निवासमा बस्ने गरी बोलाएका हुन्।

बैठकमा नयाँ सरकारका प्राथमकिता, मन्त्रिपरिषद् विस्तार र आसन्न महाधिवेशनका सन्दर्भमा छलफल हुने बताइएको छ। बैठकमा सहभागी हुन पदाधिकारी र पूर्व पदाधिकारीलाई खबर गरिएको छ।

कांग्रेसबाट सरकारमा सहभागी हुने थापा मन्त्रीको नामबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : असार ३०, २०७८ बुधबार  ४ : ०५ बजे