ओलीका समर्थकले कोटेश्वरमा जलाए नेपालको पुत्ला



काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालको पुत्ला दहन गरिएको छ । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरुले वरिष्ठ नेता नेपालको पुत्ला जलाएका हुन्।

ओली बालुवाटारबाट बालकोट जाँदा मोटरसाइकलमा स्कर्टिङ गर्न पुगेका युवाहरुको समूह बालकोटबाट फर्किएर कोटेश्वरमा नेता नेपालको पुत्ला जलाएका हुन्। कोटेश्वरस्थित नेता नेपालको घर घेर्ने योजनासहित उनी त्यहाँ जम्मा भएका थिए।

ओली समर्थकले नेपालको घर घर्न थालेको सूचना पाएपछि कोटेश्वरमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो। नेता नेपालको निवास छिर्ने बाटो नै प्रहरीले ब्लक गरिदिएपछि उनीहरुले काटेश्वर चोकमा नेपालको पुत्ला दहन गरेका हुन्।

ओली बालुवाटारबाट बालकोट जाने क्रममा नै उनका समर्थकले नेता नेपालविरुद्द्ध चर्का नारा लगाएका थिए।

प्रकाशित मिति : असार ३०, २०७८ बुधबार  ४ : ३२ बजे