ओलीले बोलाए एमाले संसदीय दलको बैठक



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दिउँसो तीन बजे एमाले संसदीय दलको बैठक बोलाएका छन्।

बैठकका लागि नेता माधवकुमार नेपाल पक्षका सांसदलाई पनि सूचना पठाइएको बताइएको छ ।

यस अघी प्रधानमन्त्री हुँदा ‌ओलीले संसदीय दलको बैठक पनि बालुवाटारमै राख्ने गरेका थिए। यसपटक भने बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बोलाएका छन ।

सर्वोच्च अदालतले साउन ३ गतेभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको छ।

प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार  २ : ४७ बजे