नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दिउँसो तीन बजे एमाले संसदीय दलको बैठक बोलाएका छन्।
बैठकका लागि नेता माधवकुमार नेपाल पक्षका सांसदलाई पनि सूचना पठाइएको बताइएको छ ।
यस अघी प्रधानमन्त्री हुँदा ओलीले संसदीय दलको बैठक पनि बालुवाटारमै राख्ने गरेका थिए। यसपटक भने बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बोलाएका छन ।
सर्वोच्च अदालतले साउन ३ गतेभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको छ।










