नेपाल कम्युनिस्ट पार्टी(नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को सक्रियता बढेको छ । केहि दिनदेखी महासचिव विप्लव विभिन्न दलका शिर्ष नेताहरुसंग छलफलमा ब्यस्त रहेका छन् ।
विप्लव शुक्रबार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई भेट्न उनको निवास पुगेका हुन् ।
उनले बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बिहीबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए।
थुनामा रहेका आफ्ना नेता र कार्यकर्ताको रिहाई तथा उनीहरुमाथिका मुद्दा फिर्ताका उनी सक्रिय रहेका छन्। तत्कालीन प्रधानमन्त्री ओलीसँग तीन बुँदे सहमति गरेर नाटकीय रुपमा भूमिगत राजनीति छाडेका विप्लव ओलीको सत्ता बहिर्गमनसँगै उनको विपक्षी गठबन्धनका नेताहरुसँग नजिकिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।








