काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटी बैठकमा पुगेका छन् । शुक्रबार अध्यक्ष ओली स्थायी कमिटीको बैठकको लागि ललितपुरको च्यासल पुगेपनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूले भने नजाने भएका छन् ।
एमाले स्थायी कमिटी बैठकमा एमाले अध्यक्ष ओलीसहित सुवास नेम्वाङ, रामबहादुर थापा पनि पुगेका छन्। च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको सभाहलमा बस्न लागेको बैठकमा नेपाल पक्षका नेताहरूले भने नजाने प्रतिक्रिया दिएका छन्।
एमाले स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले आफू व्यक्तिगत रूपमा आजको बैठकमा उपस्थित हुन नसक्ने बताएकी छिन्। “म व्यक्तिगत कामले जान भ्याइनँ। अरू साथीहरू पनि जाँदैनन् होला,” उनले भनिन्।
त्यस्तै, नेपाल पक्षकै स्थायी कमिटी सदस्य रघुजी पन्तले पनि बैठकमा जान नसक्ने बताए। बिरामी भएकाले आजको बैठकमा जान नसकेको उनले बताए।








